राजतन्त्र फर्कने कल्पना नै गर्न नहुनेः अध्यक्ष नेपाल

Nagarik Sewa 4338+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्र फर्कने कल्पना नै गर्न नहुने बताउनुभएको छ। शुक्रबार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो।

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो । त्यस कारण प्रतिगामी शक्तिहरू होसियार १ अव यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन ।  राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार छैनन्’, अध्यक्ष नेपालले भने, ‘वंशको शासन ल्याउन खोजे त्यसले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’उहाँले शासकको कमजोरीका कारण जनताले समस्या भोगिरहेको तर सरकार तमासे भएर बसेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार