मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

हमासले बन्धकलाई जानाजानी भोकै राखेको आरोप

Nagarik Sewa 4881+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

रफाह। गाजामा इजरायली बन्धक परिवारले हमासलाई प्रचार अभियानको एक भागको रूपमा बन्धकलाई जानाजानी भोकै राखेको आरोप लगाएको छ। हमासले एव्याटर डेभिडको भिडियो जारी गरेको थियो । यसपछि शनिबार डेभिडको परिवारको बयान आएको हो । यस भिडियोमा निकै कमजोर देखिएका डेभिडलाई साँघुरो र कङ्क्रिटले बनेको सुरुङमा देखाइएको छ । 

हमासले २०२३ को अक्टोबर ७ मा २४ वर्षीय डेभिडलाई बन्धक बनाएको थियो । त्यसबेलादेखि उनी अझै हमासको हिरासतमै छन् । दक्षिणी इजरायलमा एक संगीत महोत्सवबाट डेभिडलाई बन्धक बनाइएको थियो । ‘हामी हाम्रो प्यारो छोरा र भाइ एव्याटर डेभिडलाई गाजामा हमासको सुरुङमा जानाजानी र निन्दनीय रूपमा भोकै मारिएको हेर्न बाध्य छौँ– एउटा जिउँदो कङ्काल, जसलाई जिउँदै गाडिएको छ,’ उनको परिवारले भनेको छ । डेभिडको परिवारले इजरायली सरकार र विश्व समुदायलाई एव्याटरलाई बचाउन सम्भव भएसम्म सबै कुरा गर्न आग्रह गरेको छ । ‘मैले धेरै दिनदेखि केही खाएको छैन, मैले पिउनका लागि पानी समेत निकै मुस्किलले पाइरहेको छु,’ हमासद्वारा जारी गरिएको भिडियोमा डेभिडले भनेको सुनिन्छ । एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार