दुर्घटनामा परी कैलारीका स्वास्थ्य केन्द्र प्रमुख चौधरीको निधन
दुर्घटनामा परी कैलारीका स्वास्थ्य केन्द्र प्रमुख चौधरीको निधन

Nagarik Sewa 4281+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

धनगढी । मोटरसाइकल दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको निधन भएको छ । 

कैलारी गाउँपालिका ३ उत्तरभर्री निवासी कमलेश चौधरीको गए राति मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्लाको धनगढी उप–महानगरपालिका– १८ डिपो बजारस्थित धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको अवस्थामा उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नं. को मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लपको पछाडिबाट ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार  धनगढी उपमहानगरपालिका १४ बिगाउँ बस्ने सन्तोष सार्कीले चलाएको डल्लबमा मोटरसाइकल ठोक्किन गएको हो ।

घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । डल्लब र डल्लब चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार