१५.५९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं। सेयर बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको छ । बजारमा आज  ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन्। बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९  प्रतिशतको वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९ प्रतिशत को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार