अस्ट्रेलियाका ६२ वर्षीय प्रधानमन्त्री अल्बानिजले गरे दोश्रो विवाह

Nagarik Sewa 4191+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

काठमाडौं ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विवाह गरेका छन्। शनिबार उनले ४७ वर्षीया जोडी हेयडनसँग विवाह गरेका हुन्। योसँगै अल्बानिज अस्ट्रेलियाको इतिहासमा पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

विवाह समारोहमा उनले परिवार र अत्यन्त निकटलाई मात्रै बोलाएका थिए। समारोह राजधानी क्यानबेरास्थित सरकारी निवासमै भएको हो । विवाहको मिति र विवरण लामो समयसम्म गोप्य राखिएको थियो। अल्बानिजले गत वर्ष भ्यालेन्टाइन्स डेमा हेयडनलाई प्रेम प्रस्ताव राखेका थिए।

'हाम्रो परिवार र नजिकका साथीहरूको साक्षीमा सँगै जीवन बिताउने प्रेम र प्रतिबद्धता सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,' अल्बानिजले विज्ञप्ती जारी गर्दै भनेका छन्। हेयडन सन् २०२२ को निर्वाचन अभियानदेखि यस वर्षको मेमा लेबर पार्टीको ठूलो जितसम्म अल्बानिजका अधिकांश सार्वजनिक कार्यक्रममा साथमा देखिँदै आएकी थिइन्।

 प्रधानमन्त्री कार्यालयका अनुसार अल्बानिज र हेयडनले आगामी सोमबारदेखि शुक्रबारसम्म अष्ट्रेलियामै हनिमुन मनाउनेछन्, जसको सम्पूर्ण खर्च उनीहरूले निजी रूपमा ब्यहोर्ने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार