काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भएका छन् । यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ ।