काठमाडौं । गोठाटारमा रहेको सेलिब्रेसन मेडिटेसन सेन्टरले पत्रकारका लागि इन्टरएक्सन मेडिटेसन एण्ड मोटिभेसन प्रोग्रामको आयोजना गरेको छ । मेडिटेसन सेन्टरले गत शनिबार गुरु महेन्द्र वशिष्ठको सानिध्यमा सत्सङ्ग, ध्यान, कीर्तन, उत्सव सहित अन्तक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा गुरु महेन्द्र बशिष्ठले आनन्दित एवम् समृद्ध जीवन लागि गुरुजनहरुसँग जोडिएर साधना गर्नुपर्ने बताउनुभएको छ । सहज साधनाको लागि सेलिब्रेसन मडिटेसन सेन्टरले गुरुजनहरुको उपदेश र प्रयोगलाई आत्मसाथ गर्दै ध्यान तथा सत्सङ्गका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको र यसले हजारौँ नेपालीहरुलाई कुसल साधकको रुपमा रुपान्तरण गरेको उहाँको तर्क छ । साथै उहाँले पत्रकारहरुका लागि ध्यान अत्यावश्यक रहेकाले आगामी दिनमा पनि ध्यान र अन्तक्रियाको कार्यक्रम राख्ने बताउनुभएको छ ।
कार्यक्रममा सहभागी पत्रकारहरुले भने ध्यानको गहिरो अनुभवबाट मन शान्त भएको प्रतिक्रिया दिएका छन् । मेडिटेसन सेन्टरका राष्ट्रिय संयोजक स्वामी विवेक विनयीले सेन्टरले विगत लामो समयदेखि विहान—वेलुकी जुम अनलाइन र हरेक विहिवार र शनिबार गोठटार स्थित मेडिटेसन सेन्टरमा योगासन, ध्यान, सत्सङ्ग लगायत सहज साधनाका सूत्रहरुमा आधारित रहि निशुल्क रुपमा संचालन गर्दै आइरहेको बताउँदै सबैलाई नियमित साधनामा जोडिन अनुरोध पनि गर्नुभएकाे छ । ध्यान, याेग र साधनका क्षेत्रमा सेलिब्रेसन मेडिटेसन सेन्टरले महत्वपूर्ण याेगदान पुर्याएकाे चर्चा पनि चुलिन थालेकाे छ ।