मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

आज नेपाल उपाधिका लागि सामोआसँग खेल्दै

Nagarik Sewa 4866+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेपालले आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि अन्तिम खेल आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ। 

नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ। नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ। सामोआ विश्वकपको छनोटबाट बाहिरिएको छ । 

नेपाल समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले हालसम्म खेलेका सबै खेल जितेको छ । नेपाल ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । युएई ६ अङ्कका साथ दोस्रो तथा ओमान पनि ६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै