कांग्रेसका सभापति देउवा सिंगापुरबाट फर्किँदै

Nagarik Sewa 4281+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं।  आज (शुक्रबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट १८ दिनपछि फर्किँदै हुनुहुन्छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवा र उहाँकी श्रीमती कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा नेपाल फर्कन लागेको जानकारी दिनुभयो। 

 ‘उपचारका लागि सिंगापुर जानुभएका सभापतिज्यूको दम्पती आज फर्किने कार्यक्रम छन् । समय एकिन छैन,’ प्रवक्ता डा. महतले भन्नुभयो। साँझ फर्किने भए पनि कति बजे फर्किने भन्ने एकिन समय आइनसकेको प्रवक्ता महतले बताउनुभयो। देउवा दम्पती कात्तिक १० गते राति उपचारका लागि सिंगापुर जानुभउको थियो। 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बुढानीकलण्ठमा कुटिएका देउवा दम्पतीले एक महिनासम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराउनुभएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार