धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।
नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको थियो। राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चले पनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन ।