मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

सरकारले सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी गरेको भन्दै पत्रकार महासंघ आन्दोलित

Nagarik Sewa 4881+ समाचार ( )
२७ चैत्र २०८२, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासंघ सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारी निर्णयविरुद्ध आन्दोलित भएको छ । सरकारको यो निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुला अर्थ नीति र संघीयता विपरीत रहेको महासंघको ठहर छ । 

त्यसैले सरकारको यो निर्णयविरुद्ध आवाज उठाउन माग गर्दै महासंघले रास्वपा सभापति र संसदीय दलका नेता तथा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका संसदीय दलका नेतालाई शुक्रबार ध्यानाकर्षण पत्र पठाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सरकारी निर्णय खारेज गर्न माग गरे पनि सरकार गम्भीर नदेखिएकाले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दललाई यो विषय संसद्‌मा गम्भीरतापूर्वक उठाउन ध्यानाकर्षण गरिएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

दाहालका अनुसार सरकारले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी कायम राखे महासंघको यही चैत २८ र २९ गते हुने केन्द्रीय समिति बैठकले आन्दोलन घोषणा गर्नेछ ।

महासंघले दलहरूलाई पठाएको पत्रमा सरकारी निर्णयले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रणको जोखिम, निजी तथा सामुदायिक मिडियाको अस्तित्वमाथि प्रश्न, श्रमजीवी पत्रकारको रोजगारी संकट, सूचनाको पहुँचमा असन्तुलन र केन्द्रीकरण  तथा खुला अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणाली विपरीत रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

महासंघले तत्काल उक्त परिपत्र गर्न माग, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न माग गरेको छ । 

संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाउन, समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्न, सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गर्न माग गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यही चैत १८ गते सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भन्दै महासंघ आन्दोलित भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार