प्रधानमन्त्री ओलीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

Nagarik Sewa 4387+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाउनुभएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहनुभएको छ ।

त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहनुहुन्छ ।

संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरुमा समेत संयन्त्र गठन गरेका छन् ।  दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार