काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मंगलबारसम्म ६८ दल दर्ता भएका छन्। आज मात्रै नेकपा एमालेले पनि आयोगमा दल दर्ता गराएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएकामध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए । मंसिर १० गते सम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता जारी रहने उनले बताए। उनले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयको तर्फबाट ४ अर्व ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिए ।