धनगढी। नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुग्नुभएको छ। आज धनगढी पुगेका नेता रावललाई उहाँका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गर्दै उनको पक्षमा जिन्दावादका नारा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए ।
भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उहाँ अछाम जाने कार्यक्रम छ।