मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

बालगायक सचिन परियारको निधन

Nagarik Sewa 4136+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं। बालगायक सचिन परियारको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भएको छ। 

लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो। अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा ुसेप्टिक सकुमा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो। 

गम्भीर अवस्थामा रहेका सचिनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर चिकित्सकहरुले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

सचिनलाई मस्तिष्कमा पानी जम्ने समस्याले लामो समयदेखि सताइरहेको थियो। यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो। चिकित्सकहरुका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या भनेको निकै दुर्लभ समस्या हो। यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ। 

सचिनको ६ महिना अघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो। यसका साथै सचिनको समस्या बढ्दै गएर कम्मरभन्दा मुनीको भाग समेत नचल्ने अवस्था आइसकेको थियो। 

१३ वर्षीय सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार