मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा महिला सञ्जालमा गोमा

Nagarik Sewa 4881+ समाचार ( )
१३ पौष २०८१, शनिबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा वडा  अध्यक्ष  श्याम बहादुर तामाङ को अध्यक्षतामा शुक्रबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ । नगर पालिकाकार्यपालिकाका सदस्य समेत रहनु भएकी गेदकुमारी कार्कीको बशिेष पहलमा स्थानीय समाजसेबी गोमा गेरुङ्गको  अध्यक्ष्तामा सञ्जाल गठन गरिएको हो ।

उक्त कुरा वडा अध्यक्ष श्याम बहादुर तामाङले घोषणा गरेर जानकारी दिनु भएको हो , यसै गरी सञ्जालको , उपाध्यक्षमा तुल्सी माँया तामाङ, सचिवमा शर्मीला पराजुली र कोषाध्यक्षमा रोजिना तामाङ रहनु भएको छ । त्यस्तै सदस्यतर्फ भने चिनी माँया तामाङ,  बिष्णु माँया  तामाङ,   कृष्णमाँया बस्नेत। सुकुमायाँ बिक,किशोरी अधिकारी सिर्जना  तामाङ, उर्मिँला पाइन,सुनमाँया तामाङ,  इन्द्र कुमारी राउत,रामकुमारी योन्जन , लक्ष्मी श्रेष्ठ,कबिता बिक , मङ्गलादेबी पराजुली,दुर्गा भण्डारी , माइली योन्जन,र बुद्धी माँया तामाङ  रहनु भएको छ। लोकप्रिय समाचारको समन्वयमा वडा नं ५को बिपद ब्यवस्थापनको हलमा भएको कार्यक्रममा  बोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उँहाले महीलाहरुको हक हितका लागी गठन भएको सञ्जालले महीला बिकासका लागी बिशेष काम गर्ने बताउँनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासघ काठमाण्डौ शाखाका उपाध्यक्ष कान्ती न्यौपाने, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, सिगार्चे आबीका इश्वर तामाङ,नमुना सिसार आबीका प्रअ कृष्ण थिङ्ग, खडा देबी आबीका भगवती बस्नेत, वडा सदस्य गेदकुमारी कार्की  नगर बिपद तथा महीला बालबालिका शाखाका दुर्गा भण्डारी लगायतका विज्ञहरुले महीला हितका बारेमा जानकारी गराउँनु भएको थियो ।

वडा अध्यक्ष श्याम बहादुर तामाङको सभापतित्वमा र नगर उप प्रमुख मन्जू तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भने  लोकप्रिय समाचार दैनिकका नेत्र बहादुर बस्नेतले  गर्नु भएको थियो  ।

सञ्चाकर्मी सुबास  बस्नेत, राजु नेपाल, शर्मीला तामाङले सहजीकरण गर्नु भएको कार्यक्रमको लोकप्रिय नेत्र ज्योती सञ्चार समुहका उपाध्यक्ष समेत रहनु भएको सचित श्रेष्ठको प्राबिधिक सहयोग र सञ्चार कर्मी पिना तामाङको व्यवस्थपनमा रेडीयो लोकप्रिय नेत्र ज्योती १०६.६ मेगाहर्ज बाट र लोकप्रिय नेत्रज्योती को सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै