अध्यक्ष ओलीको आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी

Nagarik Sewa 4537+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँगको छलफलका क्रममा अहिलेको जस्तै अवस्था रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गर्नुभएको छ।

‘‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ?,’ ओलीले भन्नुभएको छ, ‘अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ ।’

उहाँले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताउनुभयो। ‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर,’ ओलीले भन्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार