मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न प्रस्ताव

Nagarik Sewa 4136+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतले नेपाल पक्षलाई प्रस्ताव गरेको छ।  भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहन अनुसार नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिव स्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।

सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतले भने, ‘भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव हामी गृह मन्त्रालयका सचिवसँग राख्छौँ । यताबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिन्छ ।’

सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँग सशस्त्रका आईजी अर्यालले जेनजी प्रदर्शन हुँदा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए। सिंघलले लुट र आतंकमा संलग्नहरूको फोटो सहितको विवरण पठाउन अनुरोध गर्दै छलफलमा भनेका छन्, ‘फोटो सहितको विवरण प्राप्त भएमा हामी नियन्त्रणमा लिन र सहयोग गर्न तयार छौँ ।’ एसएसबीका महानिर्देशक सिंघलले जेलबाट भागेका कैदी र लुटिएका सुरक्षाकर्मीको हतियार भारत पक्षलाई पनि चुनौतीको विषय भएको बताएका छन् ।

नेपाल र भारतको बिचमा १२ वटा एजेन्डामा छलफल र हस्ताक्षर भएको छ । दशगजामा बनेका संरचना हटाउनेबारे पनि दुवै पक्षबिच सहमति भएको छ । विपद् व्यवस्थापन र तालिममा सहकार्य गर्नेबारे सहमति भएको छलफलमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

समन्वयात्मक बैठक कार्तिक २६ देखि २८ सम्म भएको थियो । बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्रका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र परराष्ट्रका उपसचिव विजयराज तण्डुकार सहितका अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार