काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेर तीन हजार ५ सय ८५ कायम भएको छ । चाँदी आइतबार ३६ सय पाँच रुपैयाँमा किनबेच भएको थियो ।