काठमाडौं। आइसिसी टि २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसँग खेल्दै छ। खेल शुक्रबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको थियो। नेपालले एक खेल अगाडि नै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।
नेपाल आज जापानलाई पराजित गरेर समूह विजेता बने लक्ष्यसहित मैदानमा आउने छ। टी २० अन्तर्राष्ट्रिय क्रीकेटमा नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्।