मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल

Nagarik Sewa 4834+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं । समाजसेवी पृष्ठभूमिबाट राजनीतिमा सक्रिय अञ्जना पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यमा चयन भएकी छन्। पार्टीको केन्द्रीय कमिटी बैठकले संगठन सुदृढीकरण र समावेशी नेतृत्व विस्तार गर्ने उद्देश्यसहित उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

चागुनारायण क्षेत्रमा सञ्चालन भइरहेको ‘एभोकाडो अभियान’ की अभियन्ता समेत रहेकी पोखरेल लामो समयदेखि पिछडिएका तथा विपन्न बालबालिकाको शिक्षा प्रवर्द्धनमा सक्रिय रहँदै आएकी छन्। विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै शैक्षिक सामग्री वितरण, छात्रवृत्ति उपलब्ध गराउने र विद्यालय पहुँच विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको उनको पृष्ठभूमि छ।

खस–आर्य समुदायबाट प्रतिनिधित्व गर्ने युवा महिला नेतृ पोखरेल सामाजिक सेवा, महिला सशक्तीकरण र युवामुखी राजनीतिक अभियानमा निरन्तर क्रियाशील रहँदै आएकी छन्। स्पष्ट धारणा, जिम्मेवारीप्रतिको प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वका कारण उनी पार्टीभित्र मात्र होइन, स्थानीय समाजमा पनि विश्वासिलो व्यक्तित्वका रूपमा परिचित छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न सामाजिक अभियान, युवा कार्यक्रम तथा राजनीतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी पोखरेललाई स्थानीय तहका समस्या नजिकबाट बुझेकी नेतृका रूपमा लिइन्छ। महिला, युवा तथा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्दै आवाज उठाउँदै आएकाले उनको चयनलाई सामाजिक योगदान र राजनीतिक क्षमताको उचित मूल्यांकनका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार