जाँचबुझ आयोगद्वारा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय

Nagarik Sewa 4426+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। गत भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। 

ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ। सोधपुछको प्रक्रिया सकिएकाले उहाँमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले बताएको छ। यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उहाँलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार