मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

बालबालिकाका सम्पूर्ण सामग्री अब ‘जिरो टु टेन’ स्टोरमा पाईने

Nagarik Sewa 4720+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

काठमाडौं । बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ । उनीहरुका लागि सामग्री किन्न फरक फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ । भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो ।

एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका संचालक विष्णु पोखरेलले जानकारी दिनुभयो । नयाँ बानेश्वर स्थित मिराकल प्लाजाको भुई तल्लामा खुलेको जिरो टु टेन स्टोरमा बालबालिकाका लागि चाहिने सबै प्रकारका सामग्री एकै ठाउँमा पाइन्छ । यो स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि हो ।

पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत मिलाएको छ । उद्घाटनको दिन सम्पूर्ण सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।

सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरुमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिनुभयो । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै