तोलामा १ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं। अघिल्लो दिन रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य बुधबार नेपाली बजारमा घटेको छ । आज सुन १ हजार रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार ५५० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै