सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छः प्रधानमन्त्री ओली

Nagarik Sewa 4426+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो। 

नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उहाँको भनाइ छ। मेटा लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन। लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । 

बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन् । नेपाल सरकार, नेपाली जनता, नेपाली कानुनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरूले तिर्नैपर्ने बताउनुभयो। 

नेपालमा प्रयोग हुने कम्पनीहरूले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताउनुभयो । यदि नेपालको कानुनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पुर्‍याउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै