माइतीघर मण्डलामा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन

Nagarik Sewa 4894+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं। आज पत्रकार सङ्घसंस्थाले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्। 

उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन्। उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे। विरोधमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार