चिनले दियो प्रधानमन्त्री कार्कीलाई बधाई

Nagarik Sewa 4689+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौं। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएकोमा सुशीला कार्कीलाई बधाइ दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन्।

पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ताले टिप्पणी गर्दै भने, हामी नेपालसँग मिलेर पाँच सिद्धान्तको शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने तत्परता व्यक्त गर्दछौँ। प्रवक्ताले चीन–नेपालको मित्रता पुरानो र दृढ रहेको बताएका छन्। चीनले सधैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्ने उनले बताए।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार