गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

सुर्खेत। गाडीबाट हाम फाल्दा चोट लागेर वीरेन्द्रनगर नगरपालिका १२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्यायको मृत्यु भएको छ। फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।

गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए। गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार