महानगरपालिका भित्रको फोहोर नउठ्ने

Nagarik Sewa 4213+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै महानगरपालिका भित्रको फोहोर नउठ्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौं उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभाग आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो। महानगरले फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको छ। बञ्चरेडाँडामा देखिएको अवरोधका कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार