१२.८३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4899+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

काठमाडौं। आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.८३ अंकले घटेको छ। बुधबारको तुलनामा बिहीबार ०.४८ प्रतिशतले नेप्से घटेको हो। कुल ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १८९ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी उपसमूह घट्यो ।

विकास बैंक २५.९४, जीवन बिमा १०१.७८ अं‌कले घट्यो । अन्य उपसमूह शून्य दशमलव २७ अंकले बढ्यो । कुल ६४ हजार ४०७ पटकको सेयर किनबेचमा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै