काठमाडौं। जर्जियामा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन्। ‘डिसएस स्टार सिजन १६’को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन्। समृद्धि काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा पढ्छिन् ।
प्रतियोगितामा समृद्धिसँगै गएका ‘डिएसए स्टार सिजन १५’का विजेता प्रनिक थापाले ‘ग्रान्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते । प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुलमा कक्षा ३ पढ्छन् । प्रतियोगिता गत ८ देखि १३ जनवरीसम्म भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धिलाई जर्जिया पठाएको प्रेस नोटमा उल्लेख छ ।