प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Nagarik Sewa 4281+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा फागुन २१ गतेको निर्वाचनकेन्द्रित वार्ता भएको छ। एमाले अध्यक्ष ओलीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि अझै शान्ति सुरक्षाको वातावरण बनिनसकेको बताइरहनुभएको छ।

सरकारले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब त्यसमा कुनै कमीकमजोरी नहुने बताउने गरेको छ। जेन(जी आन्दोलनपछि सरकारमा जानुभएकी कार्की र सरकारबाट बाहिरिएका ओलीबीच लामो समय संवादहीनताको अवस्था थियो । तर पछिल्लो समय दुईजनाबीच विश्वासको वातावरण बनाउने कोसिस जारी रहेको छ।

यसअघि पनि कार्की र ओलीबीच तीन चरणमा वार्ता भइसकेको छ। बिहीबारको भेटमा ओलीले प्रधानमन्त्रीसँग निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत रहेको बताउनुभएको थियो।

राजनीतिक दलका उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र पारिसकेका छन्। तर कांग्रेस र एमाले अझै राम्रोसँग चुनावी अभियानमा होमिइसकेका छैनन्। बिहीबारको भेटमा प्रधानमन्त्रीले ओलीसँग मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी उनको सचिवालयले जनाएको छ। एमाले र नेकपा दुवैले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान राखिरहेका छन् ।

निर्वाचन आयोगसँग भएको छलफलमा एमालेका प्रतिनिधि मौसमका कारण फागुनमा २१ मा देशभर एकसाथ चुनाव गर्न मुस्किल पर्न सक्ने बताएको थियो। यस्तोमा एकै चरणमा निर्वाचन गर्न केही समय सार्न सकिने उसको राय थियो। उता भदौ २७ गते विघटन गरिएको संसद् पुनर्स्थपनाका लागि सर्वोच्च अदालतले त्यसविरुद्ध परेका रिटको छिटो सुनुवाइ गर्नुपर्ने माग पनि एमालेले गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार