मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

आगामी चुनावमा माओवादी पहिलो दल बन्ने प्रक्रियामा छ: देव गुरुङ

Nagarik Sewa 4874+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अहिलेको व्यवस्थामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको बताएका छन्। महासचिव गुरूङले ०८४ मा माओवादी पहिलो दल बन्ने प्रक्रियामा रहेको तर वर्तमान सरकारकै कारण यो व्यवस्था नै त्यतिन्जेलसम्म रहन्छ कि रहँदैन भन्ने चिन्ता रहेको बताएका हुन्।

'माओवादी पहिलो पार्टी हुन्छ की हुँदैन भन्दा पनि ०८४ मा चुनाव हुन्छ की हुँदैन, यो व्यवस्था बँच्छ की बच्दैन । यो सदन बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय हो। यो व्यवस्था बँच्छ की बँच्दैन भन्नेमै च्यालेन्ज छ । अहिलेको लडाईं त त्यहाँ केन्द्रित छ,' उनले भने।

उनले विस्तृत शान्ति सम्झौताको विपक्षमा अभिमत रहेको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्वमा भएकाले पनि त्यो शंका उत्पन्न भएको बताए।

'उहाँको सोच र विचारको हिसावले हेर्दा दोबाटोमा छ । डेकमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बँच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको सनकको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन । दुई-दुई पटक प्रहार भएको इतिहास छ,’ उनले भने।  

प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्ति केन्द्रको उक्साहटमा आएर व्यवस्थामाथि प्रहार गर्नसक्ने आरोप उनले लगाए।

उनले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताउनु भयो। र आगामी निर्वाचनमा कम्युनिष्टहरु नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार