भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Nagarik Sewa 4281+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौं ।  रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।  मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।सइ  चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए ।भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार