काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्नेगरी बैठक सुरु भएको थियो ।
अभिव्यक्तिपछि झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने हिजो मात्र महासचिव घनश्याम भूसालले सम्वाद गरेका थिए। बैठक स्रोतका अनुसार यो विषयमा आज छलफल हुँदैछ ।