काठमाडौं। आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा कायम भएको छ। आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अंखु खोला जलविद्युतको सर्वाधिक ४० करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ३२ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।