मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

फागुनसम्म चल्ने भयो सहुलियत पसल

Nagarik Sewa 3912+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। सरकारले चाडपर्वलक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसल एक महिना लम्बिएर फागुनसम्म निरन्तर हुने भएको छ ।

सुरुवाती चरणमा माघ मसान्तसम्म सञ्चालन गरिने भनिएता पनि फागुनसम्म लम्बिने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् । साथै कम्पनीले असार मसान्तसम्म चिनी सहुलियत मूल्यमा बिक्री गर्ने उनको भनाइ छ ।

सहुलियत पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन, जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा विशेष छुटमा बिक्री गरिरहेको  छ । उक्त खाद्यान्नहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ।

कम्पनीले स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, लङ्ग्रेन यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । यस्तै कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा ५ रुपैयाँ छुट छ । त्यसैगरी भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार