सामाजिक सदभाव कायम गर्न छठ महत्त्वपूर्ण रहेको अध्यक्ष नेपालको भनाई

Nagarik Sewa 4856+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताएका छन्। 

छठ पर्वका अवसरमा आज  शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।  सबै समुदायका संस्कृति तथा चाडपर्वले एक–आपसमा सामाजिक सदभाव, सांस्कृतिक सदभाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उनले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गरे। 

पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै