काठमाडौं । उदार स्वयंसेवक आवद्ध सामाजिक संस्था नेपालले राष्ट्रिय युवापरिषद्सँगको सहकार्यमा एकदिने मिडिया सचेतना तथा उद्यमशिलता विकाससँग सम्बन्धित अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
गान्धी आर्दश माध्यमिक विद्यालय गोठाटारमा विभिन्न ५ विद्यालयका सयबढी विद्यार्थीहरुको उपस्थितीमा उक्त तालिमको समापन गरिएको हो । कार्यक्रममा सञ्चार साक्षरता, डिजिटल साक्षरता, पत्रकारिताको परिचय र महत्त्व, समाचार र सम्पादन, आइसीटी इन मिडिया, मिडिया र उद्यमशीलता, फेक न्युज , एल्लो जर्नलिजम र आचारसंहितासँग सम्बन्धित आठओटा कार्यपत्र प्रस्तुत भएका थिए । जसमा उच्चमाध्यमिक तहका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उद्यमशिलता विकासबारे विशेष चर्चा पनि गरिएको थियो ।
कार्यक्रममा पत्रकारमहासंघमा महासचिव रामप्रसाद दाहाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अनिल थापा, सल्भ नेपालका परियोजना प्रमुख मोहन गौतम, विद्यालयका सहप्रधानाध्यापकका साथै प्लसटुका, कोअर्डिनेटर बन्दना घिमिरे, गान्धी उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया उपाध्याय, प्रेशकाउन्सिलका पूर्वअध्यक्ष भवानी बराल सहितका विज्ञ टोलीको सहभागिता रहेको थियो । ।