काठमाडौं। काठमाडौंको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।

वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका हुन्। सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए। आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका हुन्। उनको आक्रमणबाट मृतककी छोरी १० वर्षीय संजिता तामाङ र ११ वर्षको छारा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ ।