मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुँदैनः गृहमन्त्री लेखक

Nagarik Sewa 4866+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने बताउनुभएको छ। लेखकले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै त्यो कार्यक्रममा संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको बताउनुभयो । 

‘चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘संविधान उल्ट्याउने र व्यवस्थालाई हटाउने विषय कहीँ लुकेको छैन ।’ उहाँले संविधानको व्यवस्था मूल्य मान्यताभित्र गरेर गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गरिरहेको र गर्ने बतोनुभयो। 

तर, आन्दोलनका नाममा निजी सम्पत्ति, सवारी साधन, सरकारी कार्यालयमा आक्रमण गरी विध्वंसात्मक कार्य गर्ने कुनै राजनीतिक दर्शनभित्र नपर्ने भन्दै उहाँले त्यस्तो कार्य चैत १५ गते तीनकुनेमा कार्यक्रम गर्नेहरूले गरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार