खेलकुदमन्त्री गुप्ताद्वारा पदबाट राजीनामा

Nagarik Sewa 4397+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका उहाँले मनोनयन दर्ताअघि मन्त्री पद छोड्नुभएको हो।

‘मैले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको छु,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘अब औपचारिक प्रक्रिया मिलाउन मात्र बाँकी छ।’ उहाँले अब सक्रिय रूपमा चुनावी मैदानमा उत्रिने बताउनुभयो। जेन–जी पुस्ताको प्रतिनिधिका रूपमा उहाँ सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार