आइतबार बिहानबाट कान्ति लोकपथ सञ्चालनमा

Nagarik Sewa 4164+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं। हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । 

बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् ।  गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो ।

पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो । गत जेठ १९ गतेबाट सो सडक बन्द गरेर बेलिब्रिज राख्ने कार्य थालिएको थियो । ४ दिन सडक बन्द गरेर बेलिब्रिज हालिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार