काठमाडौं। आज सेयर बजारम सूचक (नेप्से) ५२.८७ अंकले घटेर २९४९.१९ बिन्दुमा झरेको छ । हिजो नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको थियो । बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा कुल १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार बैंकिङ समुहको सेयर मूल्य १.६३ प्रतिशतले घट्दा विकास बैंक समूह ३.३४ प्रतिशतले, फाइनान्स समूह २.८७ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२७ प्रतिशतले र जलविद्युत् समूह १.७९ प्रतिशतले घटेको छ । यस्तै, लगानी समूह १.६७ प्रतिशतले, जीवन बिमा समूह १.७७ प्रतिशत, उत्पादन समूह १.३२ प्रतिशत, लघुवित्त समूह ३.६४ प्रतिशत, निर्जीवन बिमा समूह १.७४ प्रतिशत र व्यापार समूह २.४५ प्रतिशतले घटेको छ ।
संस्थापक सेयरलाई सहज कारोबार दिनुपर्ने भन्दै लबिङ चलिरहेको बेलामा नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले बाफिया विधेयकमार्फत् उक्त व्यवस्था गर्न सकिने भन्दै छलफल गरिरहेका छन् । यसले पनि केही मात्रामा सेलिङ प्रेसर बढाएको देखिन्छ । यसका अलावा, लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको सीमा केन्द्रीय बैंकले तत्कालै नहटाउने विषय आएपछि पनि त्यसको प्रभाव बजारमा परेको छ ।