थाहा पाउनुहोस् पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिरबारे रहस्यात्मक विषय

Nagarik Sewa 756+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

काठमाडौं । काभ्रेको पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाट धाममा छ, ब्रह्मायणी मन्दिर । यहाँ १२ वर्षमा एक पटक ‘मकर मेला’ लाग्ने गर्दछ । वि.सं. २०७८ मा लागेको मकर मेला अब १२ वर्षपछि २०९० सालमा लाग्नेछ ।

आफ्नो राज्यभित्र धार्मिक सम्पदा बनाउने क्रममा तीन सय बर्ष अगाडि राजा भुपतिन्द्र मल्लकोकी रानी विश्वलक्ष्मीले ब्रह्मायणी मन्दिरको स्थापना गरेकी थिइन् । त्यस समयमा मन्दिर परिसर भक्तपुर राज्यअन्तर्गत पर्दथ्यो ।

यो ठाउँ तीन नदीबीचको अनौठो संगम हो । रोशीतर्फबाट आएको लिलावती, बनेपातर्फबाट आएको पुण्यमती र १२ वर्षमा एक पटकमात्रै बग्ने विश्वास गरिएको रुद्रमती नदी यहाँ आएर मिसिन्छ । अरु नदी बगेको सहजै देखिने भएपनि ब्रह्मायणी मन्दिरको मुनी रहेको भूमिगत नदी ‘रुद्रमती’ नदी लाई भने देख्न सकिँदैन । यद्यपी १२ वर्षमा एक पटक सो नदी जमिनबाहिर आउने गरेको स्थानीयहरू बताउँछन् ।

ब्रह्मायणी मन्दिरभित्र रहेको सानो कुण्डमा पानी रसाइरहेको हुन्छ तर पानी भने हुँदैन । हरेक १२ वर्षमा एक पटक नदी बग्दा यस कुण्डमा पानी भरिन्छ । यो पानी निकै शुद्ध एवम् औषिधीय गुणयुक्त हुने बताइन्छ । कुण्डको जल पिएमा रोगमुक्त हुने र एक महिनासम्म नुहाएमा सबै किसिमका चर्म रोगहरूको निदान हुने जनविश्वास रहेको छ ।

रुद्रमतीलाई पद्मावती नामले पनि चिनिन्छ । मन्दिरमुनिबाट बग्ने पद्मावतीमा दूध बग्ने विश्वास गरिन्छ । मन्दिरको भित्तामा पूरानै इँटाहरू प्रयोग गरिएका छन् । विगतमा छाना भत्किएको भएपनि फ्रान्सका नागरिकहरूको सहयोगमा छानो हालिएको छ । विगतमा धेरै पटक मन्दिरको टुँडाल चोरी भएको थियो । चोरिएका टुँडाललाई नयाँ टुँडालहरूले प्रतिष्थापन गरिएको छ ।

मन्दिरमा शिलाको मूर्तिमात्रै राखिएको छ । सक्कली मूर्ति भने द्यछेंमा राखिएको छ । नेवारी भाषामा द्यछेंको अर्थ देवता बस्ने घर हुन्छ । ब्रह्मायणी नदीमा हरेक जेष्ठ पूर्णिमाको दिन र दशैंको द्वादसीको दिन पारेर नेवार समुदायले हरेक वर्ष ज्यापुनी जात्रा गर्ने गरेका छन् । सो जात्राका समयमा देवतालाई द्यछेंबाट मूल मूर्ति मन्दिरमा ल्याई पूजा गर्ने गरिएको छ ।

रानी विश्वलक्ष्मीले ब्रह्मायणी मन्दिर स्थापना गरि २० रोपनी जग्गा समेत मन्दिरको नाममा राखिदिएको बताइन्छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार