सुनको मूल्यमा २३ सयको वृद्धि

Nagarik Sewa 4537+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार प्रतितोला २३ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९७ हजार ५०० रूपैयाँमा सुनको कारोबार भएको छ। 

शुक्रबार प्रतितोला एक लाख ९५ हजार २०० रूपैयाँ तोकिएको थियो।  आइतबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २३ सय ५० रूपैयाँ तोकिएको छ। शुक्रबार यस्तो मूल्य २३ सय १० रूपैयाँ मात्रै थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२ डलर पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार