पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

Nagarik Sewa 4547+ समाचार ( )
२६ असार २०८२, बिहीबार

वीरगञ्ज। पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ। यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे  बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकको नारायणी अस्पतालमा मृत्यु भएको बताए। प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै