आज आइपीएलको फाइनलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै

Nagarik Sewa 4338+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः३० बजेदेखि हुँदैछ। दुवै टोलीले १८ वर्षमा एक पटक पनि ट्रफी जितेका छैनन्। 

बेंगलुरु चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन्। बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो। यी दुई टोलीबीचको यो पहिलो फाइनल भेट हुनेछ।

पञ्जाबका लागि कप्तान श्रेयस अय्यर शीर्ष स्कोररका रूपमा उदाएका छन्। उनले १६ खेलमा ६०३ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट अविजित ९७ रन यही नरेन्द्र मोदी स्टेडियममा आएको थियो। उनले क्वालिफायर २ मा मुम्बईविरुद्ध पनि अविजित ८७ रनको महत्वपूर्ण पारी खेलेका थिए। बलिङतर्फ, अर्शदीप सिंह १६ खेलमा १८ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।

बेंगलुरुको ब्याटिङमा विराट कोहलीले १४ खेलमा ८ अर्धशतकसहित ६१४ रन बनाएका छन्। अर्का ओपनर फिल सल्टले उत्कृष्ट सुरुवात दिँदै आएका छन् भने देवदत्त पडिक्कल र मयंक अग्रवालले मध्यक्रममा जिम्मेवारी निभाएका छन्। कप्तान रजत पाटिदार पनि नम्बर ४ मा प्रभावकारी साबित भएका छन्। आरसीबीका फिनिसरहरू जितेश शर्मा, रोमारियो शेफर्ड र टिम डेभिड पनि उत्कृष्ट लयमा छन्, जसले शीर्ष क्रम असफल हुँदा पनि महत्वपूर्ण योगदान दिएका छन्।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानहरूलाई सहयोग पुर्‍याउने प्रकृतिको छ। यहाँ आइतबार खेलिएको क्वालिफायर २ मा पञ्जाबले २०४ रनको लक्ष्य पछ्याएको थियो, जसले गर्दा आजको फाइनल पनि उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ। यस मैदानमा खेलिएका ४३ वटा आईपीएल खेलमध्ये पहिले ब्याटिङ गर्ने र दोस्रो इनिङ्समा ब्याटिङ गर्ने दुवै टोलीले लगभग बराबर खेल जितेका छन् (२१ र २२)। यद्यपि, अहमदाबादको मौसम खेलका लागि अनुकूल नहुन सक्छ। सोमबार दिउँसो घाम लागे पनि बादल रहने र वर्षाको ६२ पेरतिशत सम्भावना रहेको छ। खेल हुने दिन यहाँको तापमान २७ देखि ३८ डिग्री सेल्सियससम्म रहन सक्ने अनुमान गरिएको छ।

यदि फाइनलमा वर्षाले बाधा पुर्‍याएमा १२० मिनेटको अतिरिक्त समय दिइनेछ। त्यो समयमा पनि खेल हुन नसकेमा रिजर्भ(डे अर्थात् जेठ २२ गते ९मंगलबार० खेलिनेछ। रिजर्भ(डेमा पनि नतिजा नआएमा दुवै टोलीबीच ट्रफी बाँडिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार