सुदन गुरुङको गृहमन्त्री अर्यालको कामप्रति चर्को असन्तुष्टि

Nagarik Sewa 4397+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाउँदै चर्को असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्– 'देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”  गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही”  गर   सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'

वर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको उनको आरोप छ । उनले थप भनेका छन्– ुअहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या  समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् । एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईँबाट आशा मरिसकेको छ।ु

८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन नगरिएको पनि उनको जिकिर छ । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने चुनाव हुन नदिने उनको चेतावनी छ । 

उनले भनेका छन्– 'अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार