मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

संवैधानिक परिषद् प्रतिनिधिसभामा पेस भएन

Nagarik Sewa 4874+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक) माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव बिहीबारको प्रतिनिधिसभामा पेस भएन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी राखेको कार्यसूची अन्तिम समयमा सभामुख देवराज घिमिरेले हटाउनुभएको हो। 

सङ्घीय संसद्का दुवै सदनले पास गरी सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको विधेयक गत साउन ८ गते पुनर्विचारका लागि भनेर फिर्ता राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो । विधेयक फिर्ता पठाउने बेलामा सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। 

संविधानको संविधानको धारा ११३ को उपधारा ३ मा प्रमाणीकरणका लागि पेस भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पत्ति भएकै सभामा पठाउन सक्ने व्यवस्था छ।  त्यही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् । यसैबिच प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्म स्थगित भएको छ । सभामुख घिमिरेले बैठक भदौ २५ गते दिनको एक बजेसम्मका लागि स्थगित गर्नुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार